कांग्रेसका युवानेता गगन थापाले भने “कांग्रेस सिद्धिन्छ अव”

http://www.local03.com/en-us/lpages/global/dynamic1_1.aspx?MediaID=131&CampaignID=1455&Creative=biswokhabar_NP_8cmin_468X60 काठमाडौं । विभाजित माओवादीहरुबीचको एकीकरणपछि नेपाली कांग्रेसका युवा नेता गगन थापाले माओवादी एकताले कांग्रेसलाई चुनौती थपिएको बताएकाक छन् । पर्टीका नेता कार्यकर्तासँगको कुराकानीमा उनले फुटेका माओवादी जुट्नु भनेको अर्का दलहरुका लागि चुनौतीको विषय बनेको बताएका हुन् । माओवादी फुट्दै जाँदा अन्य दलले फाइदा उठाएको बताउँदै उनले जुटेपछि सबै सशंकित भएको समेत बताए ।
‘बिहीबार भएको माओवादी एकताले सबै राजनैतिक दलको पतनको बाटो सुरु भएको छ, त्यसैल अब कांग्रेस नयाँ विचार र सिद्धान्तका आधारमा अघि बढ्नुपर्छ नभए कांग्रेस सिद्धिन्छ’ उनले भने । माओवादी एकता हुनु भनेको कांग्रेस सहितका राजनैतिक दलको पतनको बाटो सुरु भएको समेत उनले जिकिर गरे ।
माओवादी पार्टी देशको एक नम्बरको बन्न सक्ने संकेत दिँदै उनले देश माओवादी नेतृत्व गर्न सक्ने समेत बताए । कांग्रेसभित्र निकै राम्रा र उदाउँदा युवाका रुपमा चिनिने गगनले माओवादी एकताको विषयमा मुख खोलेपछि राजनैतिक वृत्तमा समेत चर्चा भएको छ । ‘एकतापछि उहाँ निकै चिन्तित र भिजन बनाउन लाग्नुभएको छ, कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउनुपर्छ भन्ने उहाँको भनाई छ’ स्रोतले भन्यो । कांग्रेसलाई नयाँ ढंगबाट अघि बढाउन आफूले नेतृत्वलाई दबाब दिने समेत उनले बताए । नेतृत्व नसच्चिए कांग्रेस सकिने समेत उनको दावी छ , नेपालचौतारी बाट

0 comments:

Post a Comment